स्वास्थ्यका विभिन्न निकायमा पदाधिकारी नियुक्तिको प्रक्रिया सुरु नहुँदै स्थगित

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य क्षेत्रका विभिन्न ९ वटा निकायहरूमा रिक्त रहेका पदाधिकारी र सदस्य नियुक्तिका लागि सुरु गरेको आवेदन प्रक्रिया तत्कालका लागि स्थगित गरेको छ। मन्त्रालयले जेठ २० गते सूचना प्रकाशित गरी दरखास्त आह्वान गरेको थियो।