चीनमा ४० लाख जनसङ्ख्या भएकाे सहरमा लकडाउन

काठमाण्डाै – चीनमा ४० लाख जनसङ्ख्या भएको एक सहरमा आज मङ्गलवारदेखि पूर्णरूपमा लकडाउन लागू गरिएको छ । सहरमा कोरोना बढ्दो सङ्क्रमणपछि यो कदम उठाइएको हो । मानिसहरूलाई अति आवश्यक पर्दा मात्र बाहिर निस्किन भनिएको छ । यद्यपि चीनमा कोरोना सङ्क्रमण दर निकै कम छ तर गांसु प्रान्तको राजधानी लानजुमा लकडाउन लागू गरिएको हो । हिजो सोमवार चीनमा २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा लानजुमा मात्र ६ जनामा सङ्क्रमण देखिएको थियो । समाचार एजेन्सी एएफपीका अनुसार सहरका अधिकारीहरूले लानजुमा प्रवेश र बाहिर जान पूर्णरूपमा नियन्त्...