एमालेले मोरङका उम्मेदवार तय गरेपछि जिल्ला सचिव खतिवडाले दिए राजीनामा

विराटनगर : नेकपा एमाले मोरङका जिल्ला सचिव रुपेश खतिवडाले पदबाट राजीनामा दिएका छन्। टिकट वितरणमा असन्तुष्टि जनाउँदै उनले पदबाट राजीनामा दिएका हुन्।पार्टी अध्यक्षसमक्ष राजीनामा लेख्दै खतिवडाले टिकट वितरणमा गैर राजनीतिक कार्य भएको भन्दै जिल्ला सचिवको पदबाट राजीनामा दिएको उल्लेख गरेका छन्।‘नेकपा एमाले मोरङकोतर्फबाट उम्मेदवार सिफारिस गर्दा वा सर्वसम्मत गर्दा वा छनौट गर्दा पार्टीको सिद्धान्त, विधि, पद्धति र प्रक्रिया विपरीत केही निश्चित स्वार्थ अनुकूल हुने गरी सामाजिक सञ्जालम