भारतसँग सम्बन्ध सुधारका लागि सत्तारुढ दल नेपाली कांग्रेसको प्रतिनिधिमण्डल बिहीबार भारत भ्रमणमा जाने भएको छ । भारतीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) र सरकारसँग सम्बन्ध सुधारका लागि कांग्रेसका सहमहामन्त्री तथा पूर्व परराष्ट्रमन्त्री प्रकाशशरण महतको नेतृत्वमा तीन सदस्यीय प्रतिनिधिमण्डल नयाँ दिल्ली जान लागेको हो ।