एमालेले निर्वाचन आचारसंहिताको दफा ४ को व्यवस्था राजनीतिक दल, उमेदवार, तिनका प्रतिनिधि र मतदाता समेत सबैलाई लाग हुने भनी गरेको व्यवस्थाको उपदफा (थ) प्रति आपत्ति जनाउँदै सच्याउन निर्वाचन आयोगलाई आग्रह गरेको छ । बिहीबार एमाले महासचिव शंकर पोखरेल नेतृत्वको प्रतिनिधि मण्डल आयोग पुगेर ६ बुँदे ज्ञापनपत्र बुझाउँदै आयोगले तयार पारेको निर्वाचन आचारसंहिताका कतिपय बुँदाहरु संविधानविपरीत भएको भन्दै सच्याउन आग्रह गरेको हो । आयोगको उक्त प्रावधानले राजनीतिक दललाई विचार अभिव्यक्ति गर्न, आफनो दलको पक्ष