पोखराका आकाशमा असोज ३० गतेदेखि बन्द भएको प्याराग्लाइडिङ अन्तर्गत ‘सोलो’ उडान अझै खुलेको छैन । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत क्रस कन्ट्री प्याराग्लाइडिङ इभेन्टअन्तर्गत असोज ३० गते सराङकोटमा त्रिभुवन आर्मी क्लबका निसिम थापाको प्रतियोगिताकै क्रममा मृत्यु भएपछि सोलो उडान १५ दिनदेखि ठप्प छ । दुर्घटनापछि सोही दिन नागरिक उड्डयन प्राधिकरणले सुरक्षा जोखिम भन्दै पोखराको आकाशमा अनिश्चितकालका लागि प्याराग्लाइडिङलाई बन्द गर्यो । यसको चौतर्फी विरोधपछि उच्चस्तरीय छानबिन समितिले एक