नेपालगन्ज मेडिकल कलेजले हाल उपचार गराइरहेका बाहेक थप कोभिडका बिरामी भर्ना गर्न असमर्थ रहेको जनाएको छ । कलेजको सञ्चालक संस्था लर्ड बुद्ध एजुकेसनल एकेडेमी लिमिटेडले बुधबार एक प्रेस विज्ञप्ति जारी गरी अक्सिजन अभावमा थप बिरामी भर्ना गरी उपचार गर्न नसक्ने जनाएको हो ।“अस्पतालमा लिक्विड अक्सिजन ट्याँक, पीएसए अक्सिजन प्लान्ट, अक्सिजन सिलिन्डरबाट बिरामीको उपचार भइरहेको छ,” […]