कांग्रेसको चौधौं महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्रीय अधिवेशनको परिणामले जिल्लामा संस्थापन (देउवा) पक्षको वर्चस्व रहन पुगेको छ । देउबा पक्षमा पनि अर्जुनप्रसाद जोशी र नवराज गुरुङ गरी दुई खेमा रहेका थिए । तेह्रौं महाधिवेशनमा देउवा समूहमा लागेका केन्द्रीय सदस्य जोशीनिकट उम्मेदवार विजयी भएका हुन ।