गत २०८२ फागुन २१ को निर्वाचनपछि गठित सरकारले मुलुकको अर्थतन्त्रलाई रूपान्तरण गर्ने महत्वाकांक्षी योजना सार्वजनिक गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा गठित नयाँ सरकारले ‘शासकीय सुधार सम्बन्धी एक सय कार्यसूची’ अन्तर्गत ‘राष्ट्रिय प्रतिबद्धता’ सार्वजनिक गर्दै आगामी ५ वर्षका आर्थिक दिशा निर्देश गरेको हो । निर्वाचनमा सहभागी प्रमुख ६ […]