मनाङ बाढी अपडेट - ३ सय जनालाई सुरक्षित ठाउँमा सारियो, सुरक्षाकर्मीसँगै जनप्रतिनिधि पनि उद्धारमा खटिए

मनाङ – हिमाली जिल्ला मनाङमा बाढी आएपछि विस्थापित भएका तीन सय जनालाई सुरक्षित ठाउँमा सारिएको छ । डुबानमा परेका ताल गाउँ, चामे बजारका स्थानीयवासीसँगै जोखिममा रहेका अन्यलाई पनि सुरक्षित ठाउँमा सारिएको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । ‘विस्थापित तथा जोखिममा रहेका गरी झन्डै तीन सय स्थानीयवासीलाई सुरक्षित ठाउँमा सारिएको छ’, उहाँले भन्नुभयो, ‘सुरक्षा निकायका साथै जनप्रतिनिधि अहिले उद्धार तथा विस्थापितहरूको स्थानान्तरणमा जुटिरहेका छन् ।’उहाँका अनुसार बाढीका...