कुसुम गुरुङ, गाेरखा ।
घरपरिवारको घृणा । विदेशबाट श्रीमानको शंका । काँधमाथि ऋणको भारी । यो सब सहन नसकेर गोरखाकी माया (नाम परिवर्तन)ले आत्महत्या गर्ने निधो गर्नुभयो । डोरी बोकेर बारीतिर जानुभयो । एउटा रुखको हाँगामा डोरी बाँधेर त्यसमै आफूलाई पासो लगाउनुभयो ।
मायालाई लागेको थियो, ‘यस्तो जिन्दगी बाच्नुभन्दा त मरेकै जाती ।’ तर जब भोलिपल्ट बिहान होस् खुल्यो, मायाले आफूलाई बारीको छेउमा रुखमुनि उत्तानो परेको पाउनुभयो । उहाँ आफैलाई सपना जस्तै लाग्यो । माथि हेर्नुभयो । पासो लगाउन हा...