काठमाण्डौ - अबदेखि कन्सुलर सेवा विभागमा खोप लगाएको भनेर प्रमाणीकरण गर्नु नपर्ने भएको छ ।
विदेशमा रहेको सबै नेपाली नियोगहरूलाई समेत यसबारे जानकारी गराइएको भन्दै अब कन्सुलरमा गएर थप प्रमाणीकरण गर्नु नपर्ने विभागले जनाएको छ ।
हिजो सीसीएमसीले पत्रमार्फत स्वास्थ्य मन्त्रालयले तोकेका ४ अस्पतालहरूबाट जारी भएका खोप प्रमाणपत्रहरू कन्सुलर विभागमा थप प्रमाणीकरण गर्नु नपर्ने बनाइदिन भनेको हो ।
यसअघि विदेश जाने कामदार र विद्यार्थीहरुले खोप लगाएको प्रमाणपत्र अस्पतालबाट लिए पनि त्यसलाई फेरि कन्सुलर विभागबाट पनि प्...