विदेशबाट फर्किएकाले पाउने सहुलियतपूर्ण कर्जाको ब्याज अनुदान बढ्याे, १३ अर्ब बजेट विनियोजन

काठमाण्डौ – सरकारले विदेशबाट फर्किएका युवाले पाउने सहुलियत ऋणको ब्याज अनुदान बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले विदेशबाट फर्किएका व्यक्तिले पाउने सहुलियतपूर्ण ऋणको ब्याज अनुदान पाँच प्रतिशत पुर्याइने बताउनुभएको हो । त्यसका लागि सरकारले १३ अर्ब बजेट विनियोजन गरेको छ ।