नेकपा (एमाले) को केन्द्रीय अर्थ तथा योजना विभागका सचिव योगेन्द्र शाहीले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । एमाले कर्णाली प्रदेश कमिटीको सदस्य समेत रहेका शाहीले एक प्रेस विज्ञप्ति जारी गर्दै एमाले परित्याग गरेको घोषणा गरेका हुन् । उनी घनश्याम भुसाल निकट मानिन्छन् । दैलेखको एमाले राजनीतिमा बौद्धिक छवि बनाएका शाही दैलेख निर्वाचन क्षेत्र नं.–२ (ख) बाट प्रदेश सभाको उम्मेदवारका लागि सिफारिस भएका थिए । यद्यपि उनले टिकट पाउन सकेनन् । घनश्याम भुसालको एमाले परित्याग र टिकट नपाएको झोँकमा शा