टीआरसी विधेयकमा जुटेन सहमति, सकियो उपसमितिको म्याद

२१ साउन, काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनको संशोधन विधेयक (टीआरसी विधेयक) मा सहमति जुटाउन गठित संसदीय उपसमितिले जिम्मेवारी पूरा नगरी समय गुजारेको छ । पहिलो पटक पाएको तीन साताको समय सकेर थप भएको १५ दिनमा पनि उपसमिति ठोस निष्कर्षमा पुग्न नसकेको हो । उपसमितिले हालसम्म भएको छलफलका विषय […]

सम्बन्धित सामग्री

टीआरसी विधेयक छिट्टै निश्कर्षमा पुग्छः कानुनमन्त्री गिरी

काठमाडौँ, १९ चैत । कानुन न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सरकारले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयकलाई छिट्टै निष्कर्षमा पुर्याउनका लागि अध्ययन गरिराखिएको बताएका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक राजुप्रसाद चापागाईंसहित विभिन्न सङ्घसंस्थाका तर्फबाट बुझाएको मागपत्र ग्रहण गर्दै उनले सर्वोच्च अदालतको फैसला, पीडितको भावना, अन्तर्राष्ट्रिय सन्धि सम्झौता सबैलाई मान्य हुने गरी सङ्क्रमणकालीन ऐन संशोधन गर्ने […]

टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत

काठमाडौं । संसदमा प्रमुख तीन दल संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयक अघि बढाउन सहमत भएका छन् । लामो समयदेखि मतभेद रहेका उनीहरु उक्त विधेयकलाई अघि बढाउन सहमत भएका हुन् । शान्तिप्रक्रिया टुंगोमा पु-याउन महत्वपूर्ण मानिएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरूपण तथा मेलमिलाप आयोगसम्बन्धी विधेयकअघि बढाउन सरकारको नेतृत्व लिएको माओवादी केन्द्र, प्रमुख सत्तासाझेदार कांग्रेस र प्रमुख प्रतिपक्षी एमाले […] The post टीआरसी विधेयक अघि बढाउन प्रचण्ड, देउवा र ओली सहमत appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

शीर्ष नेताको निर्णयमा अड्कियो टीआरसी विधेयक

२४ भदौ, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी (टीआरसी) विधेयकमा सहमति जुटाउने थप सात दिन समय पाएको संसदीय उपसमितिको बैठक आइतबार बिहान बस्यो । तर बैठकले औपचारिकता पाउन सकेन । उपसमिति सदस्य एवं एकीकृत समाजवादीका सांसद शेरबहादुर कुँवरका अनुसार सिंहदरबारमा बसेको बैठकले औपचारिकता पाउन नसक्नुको कारण हो– प्रस्तावित सहमतिको मस्यौदामा शीर्ष तहबाट प्रष्ट धारणा वा सहमति नआउनु […]

टीआरसी विधेयक छिटो पारित गर्नुपर्ने कांग्रेसको निष्कर्ष

१६ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगको संशोधन विधेयक (टीआरसी विधेयक) चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको छ । मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको पदाधिकारी बैठकले संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन उक्त ऐन चाँडै पारित गर्नुपर्ने निष्कर्ष निकालेको कांग्रेस नेता मीन विश्वकर्माले बताए । […]

२ महिनादेखि टीआरसी विधेयक अलपत्र

काठमाडौं, असार १२ । संक्रमणकालीन न्याय प्रक्रियालाई चाँडो टुंग्याउन सरकारले ल्याएको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (टीआरसी) तेस्रो संशोधन विधेयक–२०७९ अलपत्र छ । प्रतिनिधि सभाअन्तर्गतको कानुन न्याय तथा मानवअधिकार समितिमा छलफलका लागि पुगेको उक्त विधेयक तोकिएको समयमा प्रतिवेदन नबुझाउँदा अलपत्र परेको हो । अन्तर्राष्ट्रिय स्तरमासमेत चासो रहेको यो विधेयक फास्ट ट्रयाकका […]

टीआरसी विधेयक टुंगोमा पुर्‍याउँदा पीडित र अदालतको फैसला भुल्न हुदैँन: नेम्वाङ

काठमाडौं,२ जेठ । नेकपा एमालेका संसदीय दलका उपनेता तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संक्रमणकालीन न्याय सम्बन्धिको विधेयक टुंगोमा पुर्‍याउँदा अन्तराष्ट्रिय निकायमा गरेका प्रतिवद्धता र पीडितको मर्म भूल्न नहुने बताएका छन् । आजबाट सुरू भएको संसद्को कानून न्याय तथा मानव अधिकार समितिको वैठकमा बोल्दै नेम्वाङले टीआरसी लगायतका बाँकी कार्य पुरा गर्न सत्ता र प्रतिपक्ष दुबै एकै […]

टीआरसी विधेयकको संशोधनमाथि संसदमा छलफल गर्न माग

३ वैशाख, काठमाडौं । नेपाली कांग्रेसकी सांसद मैना कार्कीले संक्रमणकालीन न्याय सम्बन्धी विधेयक (टीआरसी विधेयक) माथि आफूहरुले राखेको संशोधनमाथि संसदमा छलफल गर्न माग गरेकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले ती संशोधमाथि संसदमा छलफल नभएकामा असन्तुष्टि जनाइन् । विस्तृत शान्ति सम्झौतामा ६ महिनामा आयोग गठन गर्ने र ६० दिनभित्र वेपत्ता व्यक्तिहरुको विवरण […]

संसदमा टीआरसी विधेयक : प्रक्रियामै दलहरुको भिन्न मत

५ चैत, काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी विधेयक) प्रतिनिधिसभामा पेश भएको छ । आइतबार बसेको संसदको बैठकमा प्रधानमन्त्रीको तर्फबाट सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक २०७९’ पेस गरेकी हुन् । संक्रमणकालीन न्यायको विषय छिटो टुंग्याउनुपर्छ भन्नेमा दलहरु एकमत छन्, तर सरकारले ल्याएको विधेयकको […]

संसदको संभावित कार्यसूचीमा परेन टीआरसी विधेयक

२८ भदौ, काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभाको संभावित कार्यसूचीमा टीआरसी विधेयक ( बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक) परेको छैन । प्रतिनिधिसभाको कानुन न्याय तथा मानव अधिकार समितिले बुधबार प्रतिनिधिसभामा टीआरसी विधेयकको प्रतिवेदन पेश गर्ने भनेको थियो । आइतबारको बैठकमा समिति सभापति कृष्णभक्त पोखरेलले सोमबार […]

टीआरसी विधेयक एमालेको ‘हात’मा

कानुन, न्याय तथा मानवअधिकार समिति सभापति पोखरेल एमाले सांसद हुन् । यसकारण, एमालेले रोक्ने गरी भूमिका खेले टीआरसी विधेयक समितिमै रुमल्लिनेछ । अन्यथा, विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुर्‍याउन सरकार र सत्तारुढ गठबन्धनलाई रोक्न सक्ने जनमत संघीय संसदमा देखिन्न ।