काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दा जिल्ला सरकारी वकील कार्यालय काठमाडौंले जिल्ला अदालत काठमाडौंमा लगेको छ।
नावालिग किशोरी बलात्कारको आरोप लागेका लामिछानेको मुद्दा सोमवार कार्यालयले अदालत पुर्याएको कार्यालय प्रमुख अच्यूतमणी नेउपानेले जानकारी दिए। सन्दीपको मुद्दामा सोमवारबाटै थुनछेक प्रकृया सुरु हुने बताइएको छ।
यो मुद्दामा प्रहरीले तिहारअघि नै अनुसन्धान सकाएको थियो।…