काठमाडौं : बिहीबार पनि नेप्से परिसूचक सामान्य अंकले घटेको छ।बिहीबार नेप्से परिसूचक २.१३ अंक घटेर १९३७.७४ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.५४ अंक र फ्लोट इण्डेक्स ०.०८ अंक घटेको छ भने सेन्सेटिभ फ्लोट इण्डेक्स ०.०२ बढेको छ।बिहीबार कारोबारमा आएका २२७ कम्पनीको ३४ लाख १ हजार कित्ता शेयर १ अर्ब ४ करोड ४४ लाख ४० हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। बुधबारको तुलनामा बिहीबार कारोबार रकम भने बढेको छ। बुधबार ८२ करोडभन्दा माथिको मात्रै कारोबार भएको थियो।बिहीबार १३ उपसमूहमध्ये ६ उपसम