काठमाडौं — आजकल धेरै मानिसहरू स्वास्थ्यका लागि मांसाहार छोडिरहेका छन् । शाकाहारीको संख्या बढिरहेको छ ।
हुन त मासुको नाम सुन्नेबित्तिकै धेरैको –याल चुहिन्छ तर स्वादिष्ट भएपनि स्वास्थ्यका लागि यो हानिकारक नै हुन्छ । यहाँ हामी यसका हानिहरू बताउँछौं ।
मासु खाने धेरैजसो मानिसहरू चिढिइरहन्छन् र जतिखेर पनि रिसाइरहन्छन् । यिनीहरूको स्वभाव पनि उग्र हुन्छ । मासु खाँदा तपाईंको शरीर र मन दुवै अस्वस्थ रहन्छ ।
मांसाहारीहरू शाकाहारीका तुलनामा गम्भीर रोगको बढी शिकार हुन्छन् । यी रोगमा उच्च रक्तचाप, मधुमेह, मुटु...