'न्यायालय क्षेत्र लथालिंग राखेर प्रधानमन्त्री देउवाले बेलायतमा कसरी टाउको देखाउलान्?'

काठमाडौं : पूर्व राष्ट्रपति डा रामवरण यादवले सर्वोच्च अदालतमा प्रधानन्यायाधीशले सत्तामा भागबण्डा खोजेर देशको अवस्था लथालिंग भएको आरोप लगाएका छन्। आइतवार ‘विपी विचार, नीति र व्यवहार’ नामक किताब विमोचन गर्दै पूर्व राष्ट्रपति यादवले यस्तो अवस्थाको समाधान नगरी प्रधानमन्त्री शेरबहादुर देउवाको टोली बेलायत भ्रमणमा जानु बेठीक भएकोसमेत बताए। 'कहिले सुन्नुभएको थियो…

सम्बन्धित सामग्री

मंकीपक्स पुष्टि हुने देशको संख्या बढ्दै, के - के हुन् मंकीपक्सका लक्षण ?

जेठ ८, काठमाडौं । कोरोना भाइरसको महामारीबाट अहिले विश्व राम्ररी उब्रिसकेको छैन । यस्तोमा फेरि अर्को रोगको प्रकोप देखिएको छ, मंकीपक्स । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार यूरोपको नौ ओटा देश, अमेरिका, क्यानडा र अष्ट्रेलियामा बिफर जस्तो देखिने यो भाइरल संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय यो सूचिमा इजरायल र स्वीटजरल्यान्ड पनि थपिएका छन् । योसँगै संक्रमण भेटिएका देशको संख्या १४ पुगेको छ ।  यूरोपमा यो रोग तीव्र दरमा फैलिरहेको छ । अहिलेसम्म युरोपका बेलायत, स्पेन, पोर्चुगल, जर्मनी, बेल्जियम, फ्रान्स, नेदरल्यान्ड्स, इटली र स्वीडनमा मंकीपक्सको संक्रमण पाइएको छ । संक्रमितको संख्या ९२ भन्दा धेरै रहेको बताइएको छ । प्रकोप व्यापक नभएपनि भाइरस कसरी फैलियो भन्ने जानकारी नभएकोले यसबारे सर्वसाधारणहरुमा चिन्ता बढेको छ । विज्ञहरुले भने कोरोना भाइरस जस्तै गरी यो नफैलिने बताइरहेका छन् । यद्यपि, भाइरस म्युटेट भइरहने र यसको नयाँ नयाँ स्ट्रेन देखिने भएकोले यसलाई रोक्ने व्यापक प्रयास भने हुनु पर्ने बताइएको छ ।   यो जनावरबाट मानिसमा सर्ने भाइरस हो । यसको लक्षण बिफरको जस्तै हुन्छ । मंकीपक्स गराउने भाइरस पनि बिफर भाइरसकै वर्गको हो । तर यो बिफरजत्तिको गम्भीर नभएको अनि कम संक्रामक रहेको बताइएको छ । सन् १९५८ मा बाँदरमा पहिलो पटक यो भाइरस देखिएकोले यसको नाम मंकीपक्स राखिएको हो । यो रोगले विशेषगरी अफ्रिकीहरु लामो समयसम्म आक्रान्त बनेको पाइएको छ । मानिसमा भने पहिलो पटक मंकीपक्सको पुष्टि  सन्  १९७० मा रिपब्लिक अफ कंगोमा भएको थियो ।  यो रोग प्रायः मध्य र पश्चिम अफ्रिकी देशका उष्णतटीय वर्षा वननजिक रहेका दूर्गम भेगमा पाइएको थियो । सन् २००३ मा अमेरिकामा पनि यसको प्रकोप देखिएको थियो । पछिल्लो समय बेलायतमा मे ७ मा पहिलो पटक यो रोग पुष्टि भएपछि क्रमशः अन्य देशमा पनि यो पाइने क्रम बढेको छ । बेलायतमा नाइजेरियाबाट आएका दुई बिरामीमा मंकीपक्सको संक्रमण पाइएको थियो ।  के - के हुन् मंकीपक्सका लक्षण ?  मंकीपक्सको संक्रमणको लक्षण ५ देखि २१ दिनसम्ममा देखिने गर्दछ । शुरुको अवस्थामा यसको लाक्षण अन्य संक्रामक रोगहरुसँग मिल्दो जुल्दो देखिन्छ । ज्वरो आउनु, टाउको दुख्नु र जिउ दुख्नु, लिम्फ नोड सुन्निनु, ढाड दुख्नु, मांशपेशी दुख्नु, कमजोरी यसका यसका प्रारम्भिक लक्षण हुन् । यी लक्षणहरु देखिएको १ देखि ३ दिनमा अनुहारमा बिबिरा देखिन थाल्छन् । यो विस्तारै शरीरका अन्य हिस्सामा फैलिन्छन् । यी बिबिरा पानी फोका बन्छ अनि फुट्दै, सुक्दै जान्छन् । यस्ता डाबर निकै चिलाउने खालका हुन्छन् । डाबर फुटेर सुक्दै गएपछि विस्तारै उप्किएर जान्छ । यस्ता घाउहरु १४ देखि २८ दिनमा आफैँ निको हुने हुन्छन् ।  कसरी सर्छ मंकीपक्स ?  मंकीपक्स बादर, मुसा लगायत जनावरबाट  मानिसमा सर्दछन् । मंकीपक्स भाइरसको संक्रमण संक्रमित जनावरको शरीरबाट निकल्ने तरल पदार्थ अथवा रगतबाट सर्न सक्ने बताइएको छ । मानिसबाट मानिसमा चाँहि थुकको छिटा, फुटेको छाला वा नाक, मुख, आँखामा भाइरस परे सर्न र संक्रमण हुन सक्छ । भाइरस भएको कपडाबाट पनि सर्न सक्ने बताइएको छ । यो रोग शारीरिक सम्पर्कबाट पनि सर्न सक्ने बताइएको छ । एजेन्सीहरुको सहयोगमा

आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने 'फेस' योग (तरिका सहित)

बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।

आँखाको थकान, टाउको दुखाई र अनुहारमा चाउरी पर्न नदिने 'फेस' योग (तरिका सहित)

बेलायतमा फेस योगका लागि चर्चित डानियला कोलिन्स र जुलिया अनास्तास्युले यसको प्रयोग सुरु गरेका छन्। उनीहरु बेलायतका ‘फेस योग सुपरट्रेनर’ हुन्।

ओमिक्रोन भेरियन्ट र रुघाखोकीको लक्षण मिल्दोजुल्दो : अध्ययन

ओमिक्रोनबाट संक्रमित भएपछि ज्वरो आउने, निरन्तर टाउको दुख्ने, स्वाद वा गन्ध थाहा नहुने जस्ता कोभिड-१९ आम लक्षण देखिन्छन् । तर बेलायतमा गरिएको एक अध्ययन अनुसार ओमिक्रोनका संक्रमितमा यसअघिको भेरियन्टको संक्रमणमा नदेखिएका केही नयाँ लक्षण समेत रहेका छन् र कतिपय लक्षण रुघाखोकीसँग मिल्छन् ।

महिनावारी भइरहेकै बेला जन्मियो बच्चा !

लण्डन । बेलायतमा टाउको दुखेर कोमामा गएकी एक किशोरी चार दिनपछि उठ्दा छोरी पाएको खबरले आश्चर्यमा परेकी छन् । इबोनी