मोरङ काँग्रेसमा महाधिवेशनको सरगर्मी, कोइराला प्यानल बाजी मार्ने दाउमा

बिराटनगर । नेपाली राजनीति, त्यसमा पनि काँग्रेसको आन्तरिक राजनीतिमा विराटनगरले विशेष स्थान ओगट्ने गरेको छ । पूर्वप्रधानमन्त्री एवं तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाको गृहजिल्ला हुनुको नाताले मात्रै नभई पछिल्लो समय केन्द्रीय सभापतिका दाबेदार डा. शेखर कोइराला, सुजाता कोइराला, वीपी पुत्र डा. शशांक कोइराला लगायतका प्रभावशाली नेताहरुको गृहजिल्ला भएकाले पनि काँग्रेसको राजनीतिमा मोरङको विशेष चर्चा हुने गरेको छ ।काँग्रेस अधिवेशनको मिति नजिकिएसँगै मोरङमा जिल्ला सभापतिका दाबेदारहरु अघि सर्न थालेका छन् ।