काठमाण्डौ – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले पार्टी एकताका बाँकी काम टुङ्ग्याउन अध्यक्ष माधवकुमार नेपालको संयोजकत्वमा कार्यदल बनाएको छ । पेरिसडाँडामा आइतबार बसेको स्थायी कमिटी बैठकले नेपालको संयोजकत्वमा कार्यदल बनाउने निर्णय गरेको हो । कार्यदलले पार्टीभित्रका विभिन्न जिम्मेवारी टुङ्गो लगाउने र एकताका बाँकी काम पूरा गर्ने गरी काम गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा पार्टी एकीकरणका काम पूरा गर्ने, प्रतिनिधि सभा विघटनविरुद्ध घोषित आन्दोलनलाई अझ सशक्त बनाउन...