काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानको साहित्य (मातृभाषा) विभागले ‘सबै भाषा, सबै ज्ञान, सबैको प्रज्ञा प्रतिष्ठान’ नारासहित मातृभाषा साहित्य शृंखला (सिर्जना, संवाद र विमर्श) सुरु गरेको छ । शुक्रबार विभागका सदस्य डा. सोमबहादर धिमालले ‘धिमाल भाषाको साहित्य र युवाको भूमिका’ शीर्षकको कार्यपत्र प्रस्तुत गरेका थिए । डा. धिमालले धिमाल भाषाको अहिलेको अवस्था, धिमाल भाषामा लेखिएका र […]