बैंकहरूको सीएसआर कार्यक्रम सुगममा बढी

काठमाडौं । वाणिज्य बैंकहरूको संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) सम्बन्धी कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभएको देखिएको छ । बैंक तथा वित्तीय संस्थाहरूको सीएसआर कार्यक्रम सम्बन्धमा नेपाल राष्ट्र बैंकले गरेको एक अध्ययनले यस्तो देखाएको हो । अध्ययनअनुसार वाणिज्य बैंकहरूले सीएसआरको २ तिहाइभन्दा बढी रकम वागमती प्रदेशमा नै खर्च गर्ने गरेका छन् । आव २०७६/७७ मा वाणिज्य बैंकहरूले वागमती प्रदेशमा सीएसआरको ६७ दशमलव ९५ प्रतिशत रकम खर्च गरेको उक्त अध्ययनले देखाएको छ । वाणिज्य बैंकहरूले एक प्रदेशमा सीएसआर रकमको न्यूनतम १० प्रतिशत रकम खर्च गर्नुपर्ने प्रावधान छ । त्यो आव २०७६/७७ देखि नै लागू भएको हो । तर, वाणिज्य बैंकहरूले तोकिएको अनुपातमा प्रदेशगत रूपमा सीएसआर कार्यक्रम नगरेको अध्ययनले देखाएको छ । अध्ययनअनुसार आव २०७६/७७ मा वागमतीबाहेक अन्य प्रदेशमा १० प्रतिशतभन्दा कम अनुपातमा सीएसआर रकम खर्च भएको छ । वाणिज्य बैंकहरूले सात प्रदेशमध्ये कर्णाली प्रदेशमा सबभन्दा कम रकम खर्च गरेका छन् । कर्णाली प्रदेशमा बैंकहरूले ३ दशमलव ५६ प्रतिशत रकम खर्च गरेका छन् । बैंकहरूले प्रदेशगत रूपमा गर्ने सीएसआर सम्बन्धी खर्चको अंश भने बढ्दो क्रममा नै रहेको अध्ययनले देखाएको छ । आव २०७५/७६ मा वागमती प्रदेशमा वाणिज्य बैंकहरूले सीएसआर कोषको करीब ७५ प्रतिशत रकम खर्च गरेका थिए । तर, पछिल्लोपटक त्यो अंश घटेको अध्ययनले देखाएको छ । सोही आवमा कर्णाली प्रदेशमा १ दशमलव १३ प्रतिशतको अनुपातमा सीएसआर रकम खर्च भएको थियो । तर, पछिल्लोपटक त्यहाँ गरिने सीएसआरसम्बन्धी खर्चको अंश बढेको अध्ययनले देखाएको छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठले वाणिज्य बैंकहरूको सीएसआर कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नदेखिएको बताए । विभिन्न कारणले वागमती प्रदेशमा नै माग बढी भएकाले यस्तो देखिएको हुन सक्ने उनको भनाइ छ । यद्यपि, सीएसआर कार्यक्रमलाई तोकिएको अनुपातमा सन्तुलन गर्नुपर्ने बताए । ‘अहिले सीएसआर कार्यक्रमको यथार्थ अवस्था मात्रा बाहिर ल्याएका हौं । सीएसआर कार्यक्रम किन सन्तुलित हुन सकेन, त्यो भने थप अध्ययनको विषय हो,’ उनले भने । यस्तै, उनले सीएसआर रकम खर्च गर्ने मामिलामा तोकिएको अनुपात कार्यान्वयनमा नआएको पनि बताए । ‘वाणिज्य बैंकहरूलाई एक प्रदेशमा सीएसआरको न्यूनतम १० प्रतिशत रकम खर्च गर्नु भनेर राष्ट्र बैंकले निर्देशन दिएको छ । तर, त्यसको कार्यान्वयन अझै भएको छैन,’ उनले भने, ‘तर, प्रदेशगत रूपमा गरिने खर्चमा भने सुधारोन्मुख नै देखिएको छ ।’ वाणिज्य बैंकहरूको सीएसआर कार्यक्रम प्रदेशगत रूपमा सन्तुलित नभए पनि समग्र बैंक तथा वित्तीय संस्थाले तोकिएको भन्दा बढी रकम सीएसआरमा खर्च गरेका छन् । बैंक तथा वित्तीय सस्थाले खुद नाफाको कम्तीमा १ प्रतिशत रकम सीएसआरमा खर्च गर्नुपर्ने प्रावधान छ । तर, बैंक तथा वित्तीय संस्थाहरूले आव २०७६/७७ मा आव २०७५/७६ को खुद मुनाफाको १ दशमलव ५८ प्रतिशत अर्थात् शून्य दशमलव ५८ प्रतिशत विन्दु बढी रकम सीएसआरमा खर्च गरेको अध्ययनले देखाएको छ । रकमका आधारमा बैंक तथा वित्तीय संस्थाहरूले १ अर्ब २८ करोड रकम खर्च गरेका छन् । अध्ययनअनुसार ‘क’ वर्गका वाणिज्य बैंकहरूले औसतमा नाफाको १ दशमलव ५४ प्रतिशत कम सीएसआरको लागि छुट्ट्याउने गरेका छन् । यस्तै,  ‘ख’ वर्गका बैंकहरूले १ दशमलव ५५ प्रतिशत, ‘ग’ वर्गका वित्त कम्पनीहरूले १ दशमलव ६६ प्रतिशत र ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्थाहरूले २ दशमलव  शून्य १ प्रतिशत रकम सीएसआरका लागि छुट्ट्याउने गरेका छन् । सर्वेक्षणमा सहभागी धेरै बैंक तथा वित्तीय संस्थाहरूले छवि निर्माण गर्ने उद्देश्यले सीएसआर कार्यक्रम गर्ने गरेको देखिएको छ । यस्तै, व्यवसाय वृद्धि, ग्राहक सन्तुष्टिका लागि पनि यस्तो कार्यक्रम गरेको अध्ययनले देखाएको छ । यस्तै, बैंक तथा वित्तीय संस्थामध्ये ८५ प्रतिशतको आफ्नो छुट्टै संस्थागत सामाजिक उत्तरदायित्वसम्बन्धी नीति रहेको छ । यस्तै, ५१ प्रतिशत बैंक तथा वित्तीय संस्थाले यस सम्बन्धमा वार्षिक योजना नै बनाउने गरेको अध्ययनले देखाएको छ । आव २०७५/७६ मा ३५ प्रतिशत वाणिज्य बैंकहरूले संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको क्षेत्रगत खर्च आफ्नो वार्षिक प्रतिवेदनमा खुलाएकोमा आव २०७६/७७ मा सो संख्या बढेर ३८ प्रतिशत पुगेको देखिएको छ । त्यस्तै, आव २०७५/७६ मा १२ प्रतिशत वाणिज्य बैंकहरूले वार्षिक प्रतिवेदनमा संस्थागत सामाजिक उत्तरदायित्व कोषबाट भएको प्रदेशगत खर्च खुलाएकोमा आव २०७६/७७ मा उक्त संख्या बढेर ३० दशमलव ८ प्रतिशत पुगेको देखिएको छ । अध्ययनअनुसार निर्देशन दिएबमोजिम सामाजिक उत्तरदायित्व कोषको खर्चको विवरण वार्षिक प्रतिवेदनमा खुलाउने गरेका भने छैनन् । राष्ट्र बैंकले गत कात्तिक २० देखि मङ्सिर २६ गतेसम्म भर्चुअल माध्यमबाट यस सम्बन्धमा सर्वेक्षण गरेको थियो । सीएसआर सम्बन्धमा गरिएको पहिलो सर्वेक्षण पनि हो । त्यसमा अधिकांश मात्रामा वाणिज्य बैंक समावेश भएका थिए । साथै, विकास बैंक, वित्त कम्पनी र लघुवित्त वित्तीय संस्थालाई पनि सर्वेक्षणको दायरामा ल्याइएको कार्यकारी निर्देशक श्रेष्ठको भनाइ छ । ‘हामीले सीमित समयमा सीमित सूचना ल्याएर यस सम्बन्धमा सर्वेक्षण गरेका हौं । तसर्थ, यो आफैमा पूर्ण छैन,’ उनले भने, ‘यद्यपि, यसले सीएसआर कार्यक्रमको यथार्थ अवस्था देखाएको छ । फलस्वरूप यस सम्बन्धमा हामीलाई थप नीतिगत व्यवस्था बनाउन यस सर्वेले सहयोग पुग्ने देखिन्छ ।’ अध्ययननले सीएसआर कार्यक्रमलाई भौगोलिक र क्षेत्रगत सन्तुलन मिलाउन आवश्यक रहेको देखाएको छ । यसअतिरिक्त  सीएसआरसम्बन्धी खर्चलाई पारदर्शी रूपमा गराउन स्पष्ट मार्गदर्शन तथा निर्देशनको आवश्यकता देखाएको श्रेष्ठले बताए । अध्ययनले नेपाली बैंकिङ क्षेत्रमा सीएसआरको विभिन्न पक्षहरूको अन्वेषण पनि गरेको छ । अध्ययनअनुसार सीएसआर कोषको आकार बढ्दै गएको छ । त्यसको उचित प्रयोग गर्न सके अर्थतन्त्रमा सामाजिक लाभदाय पनि हुने अध्ययनले देखाएको छ ।

सम्बन्धित सामग्री

केरामा सबैभन्दा बढी विषादी

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।  कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

सिंहदरबार वैद्यखाना: आम्दानी भन्दा खर्च बढी

सिंहदरबार वैद्यखानाको आयभन्दा व्यय बढी भएको पाइएको छ। महालेखा परीक्षकको ६० औं वार्षिक प्रतिवेदनले वैद्यखानाको आयभन्दा व्यय बढी भएको देखाएको हो।

पुरुषहरू नै किन बढी पियक्कड हुन्छन् ?

जगजाहेर छ, महिलाको तुलनामा पुरुषहरू बढी रक्सी पिउँछन् । जुनसुकै समाज, जुनसुकै घरमा नियाल्नुहोस्, रक्सी पिउने कुरामा पुरुष बढी अग्रसर हुन्छन् । संभवत विश्वभरमै पुरुषहरू बढी पियक्कड छन् । भलै यसबारे मिहिन रूपमा कुनै खोज अनुसन्धान नभएको हुनसक्छ । खानपानको सवालमा खासै लैङ्गिक असमानता देखिँदैन । यद्यपि रक्सीको तुलनामा भने यो असमानता निकै फराकिलो छ […]

निकृष्ट बाल श्रम बागमतीमा बढी

नेपालमा हुने बाल श्रममध्ये निकृष्ट प्रकारको बाल श्रम आर्थिक क्रियाकलाप बढी हुने तराई तथा सहरी क्षेत्रमा बढी देखिएको छ । पछिल्लो १० वर्षमा बाल श्रम घटेको भए पनि औद्योगिक क्षेत्र र आर्थिक क्रियाकलाप बढी हुने क्षेत्रमा निकृष्ट प्रकारको बाल श्रम हुने गरेको हो ।‘नेपाल बाल श्रम रिपोर्ट २०२१’ अनुसार सबैभन्दा बढी बाल श्रम कर्णाली प्रदेशमा […]

बढी खर्च गर्ने सरकारलाई बढी बजेट : अर्थमन्त्री

अर्थमन्त्री जनार्दन शर्माले सबै भन्दा बढी खर्च गर्न सक्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबैभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताए ।“सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न […]

‘बढी खर्च गर्ने सरकारलाई बजेट पनि बढी’

अर्थमन्त्री जनार्दन शर्माले सबैभन्दा बढी खर्च गर्न सक्ने सरकारलाई बजेट पनि बढी नै पार्ने व्यवस्था गर्ने बताएका छन् । शुक्रबार अर्थविषयक विषयगत समितिको भर्चुअल बैठकमा बोल्दै उनले जनतालाई सबभन्दा बढी सेवा...

बढी खर्च गर्न सक्ने तहले बढी बजेट पाउँछ : अर्थमन्त्री

१४ माघ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले जुन तहको सरकारले सबभन्दा बढी खर्च गर्न सक्छ, सोही तहको सरकारले बढी बजेट पाउने बताएका छन् । शुक्रबार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबैभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गरिने बताए । ‘सबैभन्दा बढी जसले […]

यी जिल्लामा छन् ५०० भन्दा बढी संक्रमित

काठमाडौं। हाल देशका १० वटा जिल्लामा ५०० भन्दा बढी कोरोना सक्रिय संक्रमित रहेको बताएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज एक सूचना जारी गर्दै मन्त्रालयले यस्तो बताएको हो। मन्त्रालयका अनुसार मोरङ, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका हुन्। यसैगरी मन्त्रालयले २६ वटा जिल्लामा २०० भन्दा बढी सक्रिय संक्रमित रहेको बताएको छ।

यी हुन् ५ सयभन्दा बढी संक्रमित भएका २२ र २ सयभन्दा बढी रहेका २१ जिल्ला

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार धादिङ र नुवाकोटमा समेत ५०० भन्दा बढी सक्रिय सक्रमित थपिएसँगै  ५०० भन्दा बढी सक्रिय संक्रमित जिल्लाको संख्या २२ पुगेको हो।

पाँचजनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौँ। सार्वजनिक स्थानमा पाँचजनाभन्दा बढी व्यक्ति भेला हुन नपाइने भएको छ। मन्त्रिपरिषद्को बैठकले जारी गरेको कोरोना महामारी नियन्त्रण तथा रोकथाम आदेशमा पाँचजनाभन्दा बढी व्यक्ति एकै ठाउँ जम्मा हुन रोक लगाएको हो। आदेशअनुसार यो महिनाभर पार्टी प्यालेस बन्द हुनेछन्। विवाह, ब्रतबन्ध र मलामीजस्ता कार्यमा बढीमा २५ जनाभन्दा बढी सहभागीका लागि रोक लगाएको छ।