अचेल एउटा भिडियो भाइरल छ, जसमा न्युजिल्यान्डकी २१ वर्षे सांसद हाना–रविती माइपी–क्लार्क प्रतिनिधिसभामा अनौठो लबज निकालेर चिच्याउँछिन् । त्यहाँको सात सय वर्ष पुरानो इतिहास बोकेको र पछि आप्रवासी गोराबाट विस्थापनमा परेको माओरी समुदायकी सांसद हानाले खासमा आक्रोशले अर्थहीन तरिकासँग चिच्याएजस्तो लाग्ने त्यो भाषणमा उनको पुस्ता दरपुस्ताले भोग्दै आएको अत्याचारको कथा छ ।
मुलुक अहिले आम निर्वाचनमय छ । दलहरू गठबन्धनका साथ चुनावी रणनीतिमा उत्रिएका छन् भने युवाहरूको एउटा ठूलो पंक्ति पुरानो दल र नेतालाई प्रतिस्थापन गर्ने अभियान सक्रियताका साथ चलाइरहेको छ । नेपाल भन्ने देश स्थापना भएको समय कम्तीमा पृथ्वीनारायण शाहको पालादेखि मान्ने हो भने अढाई सय वर्ष यस्तो चुनावी स्पर्धा र सहभागिताबिनै बितेको थियो । सुरुमा राजा–महाराजा र पछि राणाशाहीको निरंकुश व्यवस्थालाई झेल्न धेरै पुस्ता बाध्य थियो ।
उनी पाँचौं पुस्ता हुन्, बिरामीको नाडी छाम्ने। उनलाई थाहा छ, अन्तिम पुस्ता पनि उनी आफैं हुन्। भक्तपुर सुकुलढोकामा बुलुबुलु हिटीनिरै उनको वैद्य पसल छ, जहाँ अचेल औषधि कम, किराना सामान बढी बिक्छन्। यो कथा वैद्य निर्वाणचरण अमात्यको हो, जो पुर्ख्यौली पेसा मासिन लागेकोमा चिन्तित छन्। पसलको उमेर– झन्डै दुई सय वर्ष। संस्थापक, कृष्णदास अमात्य। उनका…