काठमाण्डौ – एक्शन स्पोर्ट्सले नेपाल र पपुवा न्युगिनी (पीएनजी) बीच हुने एकदिवसीय शृङ्खलाको प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
नेपाल क्रिकेट सङ्घ (क्यान) र डिश मिडिया नेटवर्क लिमिटेडबीच नेपाल र पीएनजीबीच हुने खेलको प्रत्यक्ष प्रसारण गर्ने सहमतिमा आज मङ्गलवार हस्ताक्षर भएको हो ।
सम्झौतामा डिश मिडिया नेटवर्कका तर्फबाट प्रबन्ध निर्देशक सुदिप आचार्य र क्यानका कोषाध्यक्ष रोशनकुमार सिंहले सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।
यस शृङ्खलाको दुई खेल यही भदौ २० र २३ गते ओमानमा हुँदैछ । अहिले नेपाली क्रिकेट टाेली ओमानमा प्...