इलाम : कोरोना संक्रमणका कारण इलाममा बिहीबार एकैदिन श्रीमान् श्रीमतीको निधन भएको छ।१० घण्टाको अन्तरमा माङसेबुङ गाउँपालिका ५ का ७९ वर्षीय टेकबहादुर लावती र उनकी श्रीमती ७३ वर्षीय लक्षीहाङमाको निधन भएको हो।टेकबहादुरको बिहीबार बिहान ५ बजे र लक्षीहाङमाको दिउँसो साढे ३ बजे निधन भएको स्थानीय पत्रकार काकीराम लावतीले जानकारी दिए। लावती परिवारका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।एकै परिवारका दुईको निधन भएसँगै गाउँमा निकै सन्त्रास फैलिएको छ। उनीहरु ५ दिनदेखि कोरोना संक्रमित भएर होम आइसोलेस