चीनले प्रवेश अनुमति नदिँदा ताक्लाकोट हिंडेका व्यापारी र तीर्थयात्री बाटाेमै अलपत्र

जयपृथ्वी नगरपालिका–१, कैलाशका चन्दबहादुर सिंह, भक्त सिंह, हिक्मत सिंह, उमेश सिंह र महेन्द्र सिंह १६ दिनदेखि नेपाल–चीनको सीमा नजिक पर्ने तिब्बती भूमि ठाडोढुंगामा बसिरहेका छन् । साउन ५ मा उनीहरू तिब्बतमा रहेको मानसरोवरको जल ल्याउनका लागि घरबाट हिँडेका हुन् । कोरोनाका कारण चीनले नाकाबन्दी गरेपछि पाँच वर्षदेखि रोकिएको मष्टा देवताको कुलपुजाका लागि मानसरोवरको जल ल्याउन उनीहरू अहिले तिब्बततर्फ हिंडेका थिए ।