लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल प्रदेशसभा संसद भवन छाडेर बाहिरिएपछि बजेटबारे छलफल भइरहेको प्रदेशसभा बैठक प्रभावित भएको छ ।
साँझ ५ बजे आधा घण्टाका लागि स्थगित भएको लुम्बिनी प्रदेशसभा बैठक शुरू हुन सकेको छैन । बैठक साढे ५ बजेसम्मका लागि स्थगित गरिएको थियो ।
सत्ता पक्षीय सांसद, मन्त्री र मुख्यमन्त्री नै बजेट निर्णयार्थ प्रस्तुत हुने बेला संसदबाट बाहिरिएपछि सभामुखले आधा घण्टाका लागि बैठक स्थगित गरेका थिए ।
छलफलमा सबै मन्त्रीहरू सहभागी भएका थिए । संसद बहिष्कार गरेपछि सभामुख पूर्णबहादुर घर्तीले प्रतिपक्षसँग छलफल...