बडादसैँको आठौँ दिन राति हनुमान ढोका दरबारमा कालरात्रिको पूजा गरिन्छ । राज्यका तर्फबाट ५४ बोका र ५४ राँगाको बलिसहित गरिने पूजा आराधनाको तयारी भइरहेको हनुमान ढोका दरबार हेरचाह अड्डाले जनाएको छ । गत वर्ष कोरोना महामारीका कारण बलिसहितको कालरात्रि पूजा स्थगित गरिएको थियो ।