नेकपा माओवादी केन्द्रले गठन गरेको चुनावमा भएको भनिएको अन्तरघातबारेको छानबिन समितिले सोमबार प्रतिवेदन बुझाउँदै छ । पार्टी कार्यालय पेरिसडाँडामा टंक राई संयोजक रहेको समितिले अध्यक्ष प्रचण्डलाई प्रतिवेदन बुझाउने कार्यक्रम रहेको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए । पार्टी स्थायी समिति बैठकबाट गत असार २६ गते अनुशासन आयोगका राईको नेतृत्वमा अन्तरघात छानबिन समिति गठन गरिएको थियो । जसको सदस्यमा मुक्ति प्रधान र खिमलाल देवकोटा छन् । अन्तरघातमा शीर्ष नेताकै संलग्नता रहेको भनेर पा