बुराकुमिनः जापानका अछुतहरू

जाति प्रथालाई केवल भारतीय उपमहाद्वीप र विशेष गरी हिन्दु धर्मको खास विशेषताको रूपमा लिइन्छ । तर जाति प्रथा केवल हिन्दु धर्म र भारतीय उपमहाद्वीपमा मात्र सीमित छैन । यो लेखमा हिन्दु धर्म र भारतीय उपमहाद्वीप बाहिर जापानमा रहेको जाति प्रथाको बारेमा चर्चा गरिएको छ । बुद्ध धर्मलाई हिन्दु धर्मभित्र रहेको वर्णाश्रम विरुद्धको विद्रोहका रूपमा लिइन्छ । तर बुद्ध र  शिन्तो धर्म मान्ने देश जापानमै पनि जाति प्रथा रहेको छ ।  जापानमा १७ औँ शताब्दीतिर तोकुगावा शासनकालको बेला समाजलाई सामुराइ (योद्धा)