एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति मिन आङ ह्लाइङ सोमबार चीन आइपुगेका छन् । उनको यो भ्रमण चीनका राष्ट्रपति सी जिनपिङसँगको उच्चस्तरीय वार्तासहित द्विपक्षीय सहयोग विस्तार गर्ने केन्द्रित रहेको बताइएको छ । अप्रिलमा नागरिक राष्ट्रपतिको पदभार सम्हालेपछि यो उनको दोस्रो विदेश भ्रमण हो । यसअघि उनी भारत भ्रमणमा गएका थिए । […]