पर्सा, २६ जेठ । लुटपाटमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वीरगंज महानगरपालिका–११ श्रीपुर बस्ने ४५ वर्षीया महिलाको घाँटीमा लगाएको सुनको सिक्री लुटपाट गरेको अभियोगमा २ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा वीरगंज महानगरपालिका–१६ बस्ने १९ वर्षीय निरज नट र सोही ठाउँ बस्ने १९ वर्षीय युवराज राय रहेका छन् । […]