काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीको लागि भाषा परीक्षा सञ्चालन गर्ने संस्था ईटीएस (ETS)ले TOEFL iBT Test को समयावधी घटाएको जनाएको छ । ETS ले परीक्षा प्रणालीमा केही महत्वपूर्ण परिवर्तन गर्दै तीन घण्टा लाग्ने परीक्षा समयलाई दुई घण्टामा झारेको जानकारी दिएको छ।
ETS का अनुसारआगामी केही महीना भित्र नै परीक्षार्थीहरूले अनुभव गर्ने गरी प्रणालीमा परिवर्तन गरिएको छ । टोफल आईबीटी परीक्षालाई निरन्तर रुपमा परिस्कृत गर्दै सहज र सुविधाजनक बनाउनका लागि समयावधी छोट्याइएको हो ।
२३ जुलाइ, २०२३ बाट लागू हुने गरी टोफल आईबीटी परीक्षाको समयलाई छोट्याइएको हो । अब Exam दुई घण्टाभन्दा कम समयमा नै समाम्त हुनेछ । यसअधि टोफल आईबीटी परीक्षा दिन तीन घण्टा समय लाग्दै आएको थियो ।
यो संगै पाठ्यक्रम पनि छोटो हुनेछ भने फ्रिलेखन, अंकभार नभएका सबै प्रश्नहरू हटाइनेछन् । जुलाई २०२३ बाट परीक्षाका लागि रेजिष्ट्रेशन प्रक्रिया सरल हुनेछ । परीक्षामा सामेल हुन चाहनेहरुले आफैं अकाउन्ट बनाएर टोफल र आईबीटीका लागि इच्छाएको मितिमा पहिला भन्दा सरल रुपमा रजिष्टर गर्न सक्नेछन् ।
२६ जुलाई २०२३ बाट परीक्षार्थीले प्राप्त गर्ने अंक पनि पूर्ण पारदर्शी हुने जनाइएको छ । परीक्षार्थीले आफूले प्राप्त गरेको अंक परीक्षा समाप्त भए लगत्तै हेर्न सक्ने छन् । यसका साथै अंकमा केही परिवर्तन भए तत्काल सूचना प्राप्त गर्नेछन् ।
'शिक्षा र सिकाइका क्षेत्रमा ईटीएसले नयाँ प्रविधिको प्रयोग गरेर मूल्यांकन गर्ने प्रक्रियालाई अझै नविन बनाउँदै लगेको छ । टोफल त्यो प्रयासको केन्द्र हो' ईटीएसका सीईओ अमित सेवकले भने, 'यसप्रकारका क्षेत्रका लागि टोफल लगभग ६ दशकदेखि एक मानकका रुपमा स्थापित छ र यी परिवर्तनहरूले यलाई अझ जोड दिन्छ।'
टोफल आईबीटी परीक्षाका लागि पहिले नै दर्ता गराइसकेका परीक्षार्थीले पनि नयाँ परिवर्तित व्यावस्थको सुविधा लिन चाहेमा निशुल्क आफ्नो परीक्षा मिति परिवर्तन गर्न सक्नेछन् । वा त्यो लागू हुनु अगावै पनि परीक्षामा सामेल हुनसक्नेछन् ।
स्कोर प्रयोगकर्ताहरूका लागि, टोफल आईबीटी अंकभार उस्तै रहने छ । टोफल परीक्षाको अंक विश्वभरमा सबैभन्दा भरपर्दो, मान्य र सुरक्षित विकल्प बनेको छ ।
के हो TOEFL iBT Test ?
ईटीएसद्वारा सञ्चालन गरिएको टोफल आईबीटी परीक्षा अध्ययन, काम र आप्रवासनका लागि प्रयोग गरिने अंग्रेजी-भाषा प्रवीणताको सबैभन्दा सम्मानित, स्वीकृत र रुचाइएको परीक्षा हो ।
विश्वभरका १६० भन्दा बढी देशहरूमा ११ हजार ५०० बढी संस्थाहरूले टोफल आईबीटी स्कोर मार्फत महत्त्वपूर्ण निर्णय लिनका लागि प्रयोग गर्छन्। यो परीक्षा संयुक्त राज्य अमेरिका, क्यानडा, यूके, आयरल्याण्ड, अष्ट्रेलिया र न्यूजील्याण्डसहित अंग्रेजी भाषा बोल्ने प्रमुख गन्तव्यहरूमा शतप्रतिसत स्वीकार गरिन्छ ।