रुसी सैन्य  विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग

युक्रेनी सेनाले गत साता रुसी ११–७६ सैन्य  विमान खसाल्न प्याट्रियट प्रणाली निर्देशित मिसाइल प्रयोग गरेको खुलेको छ।आरआइए समाचार एजेन्सीले जनाएअनसार रुसी अन्वेषकहरूका अनुसार विमान दुर्घटनास्थल नजिकै अङ्ग्रेजी भाषामा लेखिएका दुईवटा एन्टी एयरक्राफ्ट मिसाइलका ११६ वटा टुक्रा भेटाएका हुन्।विमानमा ६५ जना युक्रेनी कैदी, छ जना चालक दलका सदस्य र तीन जना साथमा सवार रहेको रुसी यातायात विमान गत हप्ता देशको बेलगोरोड क्षेत्रमा दुर्घटनाग्रस्त भएको थियो।