सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दै

काठमाण्डाै - सुदूरपश्चिम प्रदेशको प्रदेश सभा बैठक आज बस्दैछ । सरकारको सिफारिसअनुसार प्रदेश प्रमुख गंगाप्रसाद यादवले आज दिउँसो ३ बजेको लागि बजेट अधिवेशन आह्वान गर्नुभएको हो  । आजको बैठकले पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधनमा शोक प्रस्ताव पारित गर्नेछ । यस्तै बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान र केही नेताहरुको सम्बोधन हुन सक्नेछ । अन्य एजेन्डाको लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । संविधानमा भएको व्यवस्थाअनुसार प्रदेश सरकारले असार १ गते बजेट पेस गर्नुपर्ने हुन्छ । बजे...