काठमाडौं, ६ माघ । ग्लोबल आइएमई बैंक र नीलकण्ठ नगरपालिकाबीच ब्याज अनुदान उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ। उद्यमशिलता कार्यक्रमअन्तर्गत नगरबासीहरूलाई उद्यमी तथा स्वरोजगार कर्जा लगानी गराउन उक्त सम्झौता भएको बैंकले बताएको छ। समझदारी पत्रमा नीलकण्ठ नगरपालिकाको तर्फबाट नगर प्रमुख भीमप्रसाद ढुंगाना र बैंकको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले हस्ताक्षर गरेका […]