काठमाडौंका बसपार्कहरुमा गाउँ फर्किनेको लर्को (फोटोफिचर)

दसैँ नजिकिएसँगै काठमाडौँको बसपार्क, कलंकी र बल्खुमा गाउँ फर्किन लागेका मानिसको ठूलो लर्को लागेको छ । स्कुल र कलेजहरु बन्द भएपछि काठमाडौंबाट बाहिरिने यात्रुको चाप अत्यधिक बढेको हो । काठमाडौंका मुख्य बसपार्क र टिकट काउन्टरहरुमा यात्रुको भीड देखिएको छ ।यात्रुको चाप बढेसँगै यात्रुबाट बढी भाडा असुल्न नदिन अनुगमन भइरहेको प्रहरीले बताएको छ । बस र सिट नभएको बहाना बनाउँदै भाडा बढी असुल्नेलाई कारवाही गरिने प्रहरीको भनाइ छ ।