काठमाडौँ- प्रतिनिधिसभा अन्तर्गत सुनसरी क्षेत्र नं-४ मा जारी मतगणनामा ज्ञानेन्द्रबहादुर कार्कीले २७ हजार ४ सय ४० मतसाथ अग्रता कायम राखेका छन्। यद्यपि उनी र प्रतिष्पर्धीको मतान्तर ५८ मात्र छ। उनलाई नेकपा एमालेका जगदीशप्रसाद कुसियैतले २७ हजार ३ सय ८२ मतसाथ पछ्याइरहेका छन्।