काठमाडौं : कोभिड १९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौं र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ।काठमाडौंका प्रमुख जिल्ला अधिकारीले मंगलबार बोलाएका बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला संकट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो।विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ।