ईपीएल: काठमाडौंलाई ललितपुरको १ सय ५८ रनको लक्ष्य, सर्राफको अर्धशतक

काठमाडौं: आजबाट सुरु भएको चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग (ईपीएल) को उद्घाटन खेलमा ललितपुर प्याट्रिओट्सले काठमाडौं किंग्सलाई १५८ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर ब्याटिङमा उत्रिएको ललितपुरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १५७ रन बनाएको हो। कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा जारी खेलमा ललिपुरको ब्याटिङमा राम्रो सुरुवात हुन सकेन।…