कञ्चनपुर, महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो तर यसको प्रचारप्रसार अभाव र पूर्वाधारमा विकास हुन नसक्दा यहाँ सोचेअनुरूप पर्यटक आउन सकेका छैनन् । कञ्चनपुरको गड्डाचौकी नाका भएर तेस्रो मुलुकका पर्यटक नेपाल आउने गरे पनि यहाँको प्रचारप्रसार हुन नसक्दा यहाँबाट नेपाल भित्रिने पर्यटक अन्यत्र घुम्न जाने गरेका छन् । यो नाकाबाट आउने थोरै …
श्रीनगर- पछिल्लो समय भारतको जम्मु कश्मीरमा पदयात्राका लागि आउने पर्यटकको सङ्ख्या बढ्दै जान थालेको छ । कश्मीर पर्वतारोहण र पदयात्राका लागि निकै आकर्षक गन्तव्य मानिन्छ । यही आकर्षक गन्तव्यमा पदयात्रा गर्न आउने पर्यटकको सङ्ख्या पछिल्ला केही वर्षयता बढ्न थालेको गुडमर्निङ कश्मीरले जनाएको छ । पछिल्लो केही वर्षमा शान्ति सुरक्षाको प्रत्याभूतिका कारण भारतका विभिन्न राज्यसँगै युरोप र […]
छोटो दूरीको आकर्षक गन्तव्य मौलाकालिका काठमाडौं, १६ वैशाख । चितवन, नवलपरासी र तनहुँको दृश्यावलोकन गर्न बनाइएको ‘भ्यूटावर’ जस्तै गरी नारायणगढको काखमा रहेको गैँडाकोटको शिर मौलाकालिका मन्दिरमा यतिबेला पर्यटकको चहलपहल बढेको छ । नयाँवर्षसँगै यहाँ सञ्चालनमा आएको केबलकारले यहाँको पर्यटकीय गतिविधि बढाएको हो । मौलाकालिकाको फेदीबाट छोटो दूरीको केबलकार चढेर मन्दिरसम्म पुग्नसक्ने भएपछि मन्दिरको दर्शनमा जाने […]
काठमाडौं । लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले नेपाललाई आकर्षक लगानीको गन्तव्य बनाइने बताएका छन् । बिहीबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाललाई लगानीमैत्री वातावरण बनाउनका लागि पहल थालिने बताएका हुन् । लगानी बोर्ड लगानी प्रवर्द्धन र कार्यान्वयनमा सहजीकरण गर्ने निकाय भएको भन्दै उनले लगानीमैत्री वातावरण तय गर्ने प्रयास भइरहेको बताए । […]
भजनी– नेपाल समाजवादी पार्टीका अध्यक्ष डा बाबुराम भट्टराईले पर्यटकका लागि कर्णाली चिसापानी नेपालकै एक आकर्षक गन्तव्य भएको बताएका छन्। आज कर्णाली नदीमा र्याफ्टिङ गर्ने क्रममा पत्रकारलाई प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष भट्टराईले कर्णाली चिसापानी पर्यटकहरूका लागि आकर्षणको गन्तव्यका रुपमा रहेको बताए। ‘सुदूरपश्चिमका लागि हिँडेका जुनसुकै व्यक्ति चिसापानी पुग्छ । चिसापानी पुल, कर्णालीनदीको र्याफ्टिङ, रानीजमरा […]
दोधारा चाँदनी– सुदूर नेपालको महेन्द्रनगरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज पर्यटकका लागि आकर्षक गन्तव्य हो । बाह्रसिङ्गाका लागि प्रख्यात रहेकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रवेशद्वार महेन्द्रनगर सदरमुकामदेखि सात किमिको दूरीमा छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रवेशद्वारबाट २४ किमि दूरीमा रहेको शुक्लाफाँटामा विश्वको सबैभन्दा ठूलो घाँसे मैदान छ । घाँसे फाँटमा एकै पटक सयौँ बाह्रसिङ्गाको बथान देख्न सकिन्छ । […]
३ भदौ, रोल्पा । जलजला रोल्पाको धार्मिक र पर्यापर्यटनको उत्कृष्ट गन्तव्य हो । तर प्रचार प्रसारको अभावमा यो उति चर्चामा छैन । समुद्री सतहबाट ३२९५ मिटर उचाइमा रहेको जलजला करिव ४७ हेक्टर क्षेत्रफलमा फैलिएको घाँसे मैदान क्षेत्र हो । यहाँको दलदले जमिनमा टेक्दा भुवादार गलैंचामा हिंडेजस्तो अनुभूति हुन्छ । घाँसे मैदान, दलदले भूमि रहेकाले यसलाई […]
प्राकृतिक र धार्मिक आस्थासहित घुमघाममा रुचि राख्नेहरूका लागि आकर्षक गन्तव्य हो– खप्तड । खप्तड चिसो मौसमा सेताम्य हिउँले ढाकिन्छ । वैशाख–जेठमा फूल फुल्छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य खप्तड नेपालको भर्जिन गन्तव्य पनि हो ।
काठमाडौँ – ऐतिहासिक, धार्मिक, पुरातात्विक र पर्यटकीय महत्व बोकेको तारकेश्वरधाम हाईकिङ्गका लागि काठमाडौँ उपत्यकाकै आकर्षक पर्यटकीय गन्तव्य बन्न थालेको छ। पछिल्लो सयय यो ठाउँ हाईकिङ्गका लागि प्रमुख रोजाइ बन्न थालेको हो। यसैबीच नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) को अन्वेषण गन्तव्य खोजी देश दर्शन कार्यक्रम अन्तर्गत तारकेश्वर तिनपिप्ले देखि भुवनेश्वरी मन्दिर हुँदै तारकेश्वरधाम सम्म […]
उदयपुरको भुटिया दह पर्यटनको आकर्षक गन्तव्य बन्दै । सुनसरीको चतरा र उदयपुरको बेल्का जोडन सप्तकोशीमा पुल बनेपछि पर्यटक पुग्न थालेका छन् । बेल्का नगरपालिकाले सो दहको प्रवद्र्धनका लागि विस्तृत परियोजना प्रतिवेदन निर्माणको गृहकार्य गर्दै छ । तस्वीरः बिराट अनुपम, रासस