‘गजल सुन्दा, सुनाउँदा वाह ! वाह ! भन्ने भाव आउनुपर्छ’

गजलका कतिपय सिकारु साहित्यकारलाई कविता, गीत र गजलबारे प्रष्ट भिन्नता छुट्याउन गाह्रो पर्छ । कतिले त कवितालाई नै गीत र गजल भन्छन् । यसको मुख्य समस्या गजलको सैद्धान्तिक ज्ञानको कमीले हो । भाषागत रूपमा हेर्दा गजलको उद्गम उर्दु भाषाबाट भएको हो । यसमा घटीमा ३ सेर (छ पङ्क्ति) देखि बढीमा जतिसुकै सेर हुन्छन् । तर नेपाली गजलमा धेरैजसो ५ सेर पाइन्छ । चर्चित गीतकार प्राडा. कृष्णहरि बराल गजल सिद्धान्त र परम्परा शीर्षकमा विद्यावारिधि गरेका छन् । उनका कतिपय गजल रेकर्ड भएर चर्चाको शिखरमा छन् । गजल सुन्दा