नेप्सेमा दोहोरो अंकको सुधार, बढेन कारोबार

लामो समयको अन्तरालपछि आइतबार सेयर बजार सूचक नेप्सेमा दोहोरो अंकको सुधार आएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्से सूचक १७.९५ अंकले बढ्दै २२ सय ५६.५७ अंकमा उक्लिएको हो ।गत बिहीबार यस्तो सूचक ३७.०६ अंकले घट्दै २२ सय ३८.६२ अंकमा झरेको थियो । स्टक एक्सचेन्जका अनुसार यस दिन नेप्सेमा दोहोरो अंकको सुधार आएपनि कारोबार रकम भने बढ्न सकेन । झण्डै १८ अंकले बढेको बजारमा जम्मा एक अर्ब ३२ करोड ६४ लाख रुपैयाँको मात्र कारोबार भएको छ । यद्यपि, नेप्सेमा सूचीकृत कुल १३ वटा उपसूचकहरु मध्ये आज दुई वटा