जेठ १४ गतेदेखि एकीकृत कारोबार गर्दै अजोड र युनाइटेड इन्स्योरेन्स

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सले जेठ १४ गतेदेखि मर्जर प्रक्रिया पूरा गरी एकीकृत कारोबार शुरू गर्दै छन् । गत चैत १६ गते मर्जरका लागि अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका यी दुई कम्पनीबीच गत पुस २६ गते मर्जरका लागि प्रारम्भिक सम्झौता भएको थियो । मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गते नै सैद्धान्तिक सहमति प्रदान गरिसकेको छ । अन्तिम सम्झौताअनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको हो । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ । बीमा क्षेत्रमा पूँजी वृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो । प्रभु इन्स्योरेन्ससँग मर्जर सम्झौता भाँडिएपछि अजोड इन्स्योरेन्सले युनाइटेडसँग मर्जर प्रक्रिया अघि बढाएको हो ।

सम्बन्धित सामग्री

युनाइटेड अजोड इन्स्योरेन्सको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ

नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले युनाइटेड अजोड इन्स्योरेन्सको सेयर रजिस्ट्रारको कार्य गर्ने भएको छ । कम्पनीले सेयर रजिस्ट्रारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेको हो । युनाइटेड इन्स्योरेन्स कम्पनी र अजोड इन्स्योरेन्स कम्पनीले यही जेठ १४ गते आइतबारबाट युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार शुभारम्भ गरेका थिए । अब कम्पनीको धितोपत्र कारोबारसम्बन्धी अभिलेख, सेयर दाखिल खारेज, नामसारी लगत अद्यावधिक […]

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको एकीकृत कारोबार सुरु भएको छ।...

युनाइटेड र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरू

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सको एकीकृत कारोबार आइतबारदेखि सुरू भएको छ । यी दुई कम्पनीले मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरू गरेका हुन् । दुइटै कम्पनीको गत वैशाख २५ गते सम्पन्न छुट्टाछुट्टै साधारण सभाले मर्जर सम्बन्धी प्रस्ताव पारित गरेका हुन् । दुवै कम्पनीले मर्जरमा जान नेपाल बीमा प्राधिकरणबाट जेठ २ गते र कम्पनी […]

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार शुरू

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड र अजोड इन्स्योरेन्स लिमिटेड एकआपसमा गाभिएर बनेको युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेडको एकीकृत कारोबार शुरू भएको छ । आइतवारदेखि एकीकृत कारोबार शुरू गरेको कम्पनीले आगामी चार वर्षभित्र सर्वश्रेष्ठ पाँच निर्जीवन बीमा कम्पनीभित्र पर्ने उद्घोष गरेको छ ।  नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले आइतवार काठमाडौंमा आयोजित विशेष समारोहमा नयाँ कम्पनीका अध्यक्ष आजाद श्रेष्ठलाई इन्स्योरेन्स अपरेसन्स लाइसेन्स हस्तान्तरण गरेका हुन् । समारोहलाई सम्बोधन गर्दै बीमा प्राधिकरणका अध्यक्ष सिलवालले बीमा कम्पनीहरूले ग्राहकमाझ विश्वास बढाउनुपर्नेमा जोड दिए । बीमा क्षेत्रमा असीमित जोखिम तर सीमित पैसाले गर्दा बेथिति समेत बढेको पाएपछि प्राधिकरणले कम्पनीहरू गाभ्ने नीति ल्याएको उनले बताए । मर्जरपछिको कम्पनीमा ‘सिनर्जी’ ल्याएर उत्कृष्ट सेवा प्रदान गर्न उनले सुझाए । साथै निश्चित रकमसम्मको दाबी क्षेत्रीय कार्यालयबाट भुक्तानी गर्ने व्यवस्था मिलाउनुपर्ने तथा सुशासन र पारदर्शिता कायम गर्नुपर्नेमा उनले जोड दिए । समारोहमा साविक युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडका अध्यक्ष रविभक्त श्रेष्ठले गुणस्तरीय सेवा दिन र बीमाको लागत घटाउन कम्पनी मर्जरमा गएको बताए । कम्पनीको पूँजी बढाएर ठूलो बनाउनुपर्ने आवश्यकता महसूस भइरहेकै बेला नियामकले चुक्तापुँजी बढाउनुपर्ने नियम ल्याएपछि दुई कम्पनीबीच मर्जर भएको उनको भनाइ थियो । अब कम्पनीले नयाँ नयाँ क्षेत्रमा लगानी गर्र्दै लगानीकर्तालाई उच्चतम प्रतिफल र सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने उनले बताए ।  युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका अध्यक्ष श्रेष्ठले ४ वर्षमा कम्पनीलाई प्रतिस्पर्धी मूल्य, स्तरीय सेवा र नयाँ प्रडक्टसहितको निर्जीवन बीमा सेवा दिने ५ सर्वश्रेष्ठ कम्पनीमा उभ्याउने बताए । सेवा प्रवाहलाई अझ छिटो छरितो र विश्वसनीय बनाउँदै मित्रवत् वातावरणमा सेवा प्रवाह एवं दाबी भुक्तानीलाई शीघ्र र सहज बनाउनेतर्फ केन्द्रित हुने पनि उनले बताए ।  निर्जीवन बीमा व्यवसायी संघका अध्यक्ष तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नयाँ कम्पनीलाई अनुमति दिँदा नियामकले विचार पुर्‍याउनुपर्ने बताए ।  यस्तै नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्रीले बीमा कम्पनीहरू बीमा सेवा नपुगेका ठाउँमा जानुपर्नेमा जोड दिए । मर्जरसँगै कम्पनीको चुक्तापूँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ । कम्पनीको नेटवर्थ ३ अर्ब २६ करोड ३५ लाख रुपैयाँ पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरूमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

अजोड र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्सबीच मर्जरका लागि अन्तिम सम्झौता भएको छ । अजोड इन्स्योरेन्सका अनुसार शुक्रवार मर्जरका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।  प्रभु इन्स्योरेन्स लिमिटेडसँग मर्जर सम्झौता तोडेकै दिन पुस २६ गते अजोड इन्स्योरेन्सले युनाइटेड इन्स्योरेन्ससँग मर्जरका लागि प्रारम्भिक सम्झौता गरेको थियो । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल बीमा प्राधिकरणले गत पुस २९ गतेनै सैद्धान्तिक सहमति प्रदान गरेको थियो । अन्तिम सम्झौता अनुसार युनाइटेड अजोड इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार गर्ने सहमति भएको छ । शेयर स्वाप रेसियो युनाइटेड र अजोड इस्योरेन्सबीच १०० बराबर ८२.५० हुने सहमति भएको छ । हाल युनाइटेड इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ७ करोड ९५ लाख ६८ हजार रहेको छ । यस वर्ष ५ प्रतिशत बोनस शेयर वितरण गरी कम्पनीले पूँजी वृद्धि गरेको छ । अजोड इन्स्योरेन्सको चुक्तापूँजी भने रू. १ अर्ब रहेको छ । बीमा क्षेत्रमा पूँजी वृद्धिको अभियान चलिरहँदा कम्पनीहरूले मर्जर प्रक्रियालाई प्राथमिकता दिएका हुन् । नेपाल बीमा प्राधिकरणको निर्देशन बमोजिम यहि  चैतभित्र निर्जीवन बीमा कम्पनीले रू. २ अर्ब ५० करोड र जीवन बीमा कम्पनीले रू. ५ अर्ब चुक्तापूँजी कायम गर्नुपर्नेछ । युनाइटेड इन्स्योरेन्स पुरानो निर्जीवन बीमा कम्पनी हो भने अजोड इन्स्योरेन्स नयाँ निर्जीवन बीमा कम्पनी हो ।