चालू आर्थिक वर्षको पाँच महिनासम्ममा नेपालले ३३ अर्ब ९४ करोड २७ लाख ५८ हजार रुपैयाँको खाद्यान्न आयात गरेको भन्सार विभागको तथ्यांकले देखाएको छ । नेपालमा औद्योगीकरण हरेक सरकारका लागि चलनचल्तीको भाषण गर्दा सबैभन्दा बढी प्रयोग हुने शब्दावली हो । हरेक राजनीतिक दलका नेता तथा सरकारका प्रधानमन्त्रीदेखि कनिष्ठ मन्त्रीसम्म पनि औद्योगीकरणका भाषण गरेर अझै थाकेका छैनन् […]