एमाले अधिवेशन : दैलेखमा फेरि मतदान गर्न निर्देशन

एमाले जिल्ला अधिवेशन अन्तर्गत विवादित बनेको दैलेखमा पुनः मतदान हुने भएको छ । एमालेको केन्द्रीय निर्वाचन आयोगले पुनः मतदान गर्न निर्देशन दिएको हो ।  सोमबार भएको मतदानमा खसेकोभन्दा ३१ बढी मतपत्र मत पेटिकामा भेटिएपछि विवाद भएको थियो । जम्मा मतदाताको संख्या ७२१ रहेको दैलेखमा ७१८ मत खसेको थियो । तर मतगणना गर्ने बेला ७४८ मतपत्र भेटिएपछि मतगणना रद्द गरिएको थियो ।पार्टीभित्रको आन्तरिक चुनावमै दलका नेताहरुबीच टकराव हुन थालेपछि कार्यकर्ताहरूले नेताहरूमाथि नैतिक प्रश्न उठाइरहेका छन् ।  एमाले कर्ण

सम्बन्धित सामग्री

दैलेखमा एमाले अधिवेशन, ६८४ मत खस्यो

सुर्खेत । नेकपा एमालेको दैलेख जिल्ला अधिवेशनमा मतदान प्रक्रिया सकिएको छ । बिहान आठ बजेदेखि सुरु भएको मतदान प्रक्रिया सम्पन्न भएको एमाले कर्णाली प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहले रातोपाटीलाई जानकारी दिए ।  ‘जिल्लाभरबाट प्रतिनिधि (मतदाता) सङ्ख्या ७२१ रहेकोमा ६८४ मत खसेको छ,’ उनले भने । अघिल्लो पटक मतदान गर्दा ७ सय १७ मत खसेको थियो । तर मतपेटिका खोलेर गन्दा ७४८ मत भेटिएपछि अधिवेशन स्थगित गरिएको थियो ।  अधिकांश स्थानीय तहबाट भूगोलतर्फका जिल्ला कमिटी सदस्यहरू सर्वस