किसान पेन्सन योजनाको घोषणा, एक अर्ब विनियोजन

काठमाडौँ । सरकारले किसान पेन्सन योजनाको घोषणा गरेको छ । किसानसँग सरकार कार्यक्रम अन्तर्गत बजेटमार्फत सो घोषणा गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै किसान पेन्सन योजनाको बीउ पुँजीका लागि १ अर्ब विनियोजन गरिएको जानकारी दिए ।