छुट्टिने तरखर गर्दै गर्दा बटुवाले भने, हेर, आजको समयमा पनि यसरी अरुको घरमा दास बनेर बस्नु भनेको मानवताकै उपहास हो । मानिसको संवेदनशीलता माथिको खेलबाड हो । स्वतन्त्रतालाई बन्धक बनाउनु हो । जीवनको कलकलाउँदो बिरुवालाई सानैमा निमोठ्नु हो । आखिर सुनकै भए पनि पिँजडाभित्र चरी कहिल्यै रमाउँदैन । उसलाई उड्नका लागि खुला आकाश चाहिन्छ । शिक्षाको पारिलो घामले बस्ती उज्यालो हुनुपर्ने बेलामा ओस्याइलो काइ परेको सेपिलो दम्स्याइलोमा बिरुवाहरू कठ्याङ्ग्रिएको देख्दा मेरो हृदय पनि खण्डित हुन पुग्यो । शोषण र दमन