नेकपा एमाले विवाद समाधानका लागि गठित कार्यदलको बैठक सहमति नजिक पुगेको नेताहरुले दाबी गरेका छन् । शनिबारको बैठकपछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै नेताहरुले एमाले मिलेको घोषणा आइतवार हुने आश्वासन दिएका छन् । कार्यदल सदस्य भीम रावलले बैठक करिब सहमतिको बिन्दु नजिक पुगेको बताए ।